2024-04-22

बृहस्पति राशि परिवर्तन र यसकाे प्रभाव

गुरू बृहस्पतिकाे राशि परिवर्तन र यसकाे प्रभाव-

अागामी 2081 साल बैशाख 17 गते साेमबारका दिन गुरू बृहस्पति अाफ्नाे मित्रकाे राशि मेषवाट शत्रु राशि बृषमा प्रवेश गर्दैछन् । ग्रहहरूका अथवा देवताहरूका पनि गुरू मानिने बृहस्पतिले यसरी राशि परिवर्तन गर्दा समग्र जगत विश्व ब्रम्हाण्डमा नै प्रभाव पर्नेछ र यसले हरेक ब्यक्तिलाइ पनि सकारात्मक वा नकारात्मक कुनै न कुनै असर वा प्रभाव पार्नेछ। ज्याेतिष सेवा सदनका वरिष्ठ ज्याेतिषी ज्याे.पं. प्रेमानन्द शास्त्री (ज्याेतिष गुरू) का अनुसार याे प्रभावले प्रत्येक राशिका जातकहरूलाइ कस्ताे प्रभाव पार्नेछ वा कुन-कुन राशिलाइ याे प्रभावले मालामाल बनाउदैछ ? यसकाे बारेमा अाज याे सामग्रीमा प्रस्तुत गर्नेछाैं। 

ज्याेतिषशास्त्रकाे दृष्टिकाेणबाट हेर्दा गुरू बृहस्पतिलाइ भाग्य, बुद्धि, बिद्या, ब्यापार, धनसम्पत्ति, तथा एैश्वर्यकाे कारक ग्रह मानिन्छ। देवगुरू बृहस्पतिकाे याे गाेचर बैशाख 17 गते साेमबार अपरान्ह 4 बजेर 11 मिनेटमा हुनेछ भने त्यसकाे केही दिन पछी यानेकी बैशाख 25 गते मङ्गलबार बिहान 9 बजेर 47 मिनेटबाट गुरू पश्चिममा अस्त हुनेछन् त्यस्तै गरी ज्येष्ठ 19 गते शनिबार बिहान 11 बजेर 7 मिनेटमा पूर्वबाट उदय हुनेछन्। बृहस्पतिकाे याे गाेचरले चार वटा राशिहरूलाइ भिषण फाइदा हुंदैछ । ती चार वटा राशिहरू कुन-कुन हुन् त ? अाउनुहाेस् चर्चा गराैं।

पहिलाे राशि रहेकाे छ- मेष राशि

मेष राशिका जातकहरूलाइ याे गाेचरले धन सम्पत्ति सम्वन्धी समस्यालाइ हटाउनेछ, ब्यापारमा मनग्य बृद्धि हुनेछ, नयां-नयां अवसरहरू प्राप्त हुनेछन्। धनस्थानमा हुने गाेचरका कारण याे समयमा अार्थिक सम्वन्धी समस्या समाधान हुंदै बाेली बचनकाे प्रभावले अाफ्नाे प्रभुत्व जमाउन सकिने याेग बनेकाे छ।कुनै काम गर्ने साेचमा हुनुहुन्छ भने याे समयमा हजुरलाइ सफल बनाउनेछ। नाेकरीमा पदाेन्नतीकाे याेग बनेकाे छ। मान-सम्मानका अवसरहरू प्राप्त हुनेछन्।बिद्यार्थीवर्गकाे लागि पढाइमा उच्च प्रगती हांसिल हुनेछ। समग्रमा मेष राशिलाइ याे गाेचर सम्झन याेग्य बन्नेछ।

दाेश्राे राशि रहेकाे छ- कर्कट राशि

कर्कट राशि हुने जातककाे लागि याे गाेचरले हरेक पाइलामा सफलता लिएर अाउंदैछ। भाग्याेदय हुने समय भएकाेले तपाइंलाइ कुनै पनि कार्यले यतिवेला लाभ दिनेछ। नयां कामकाे अवसरहरू प्राप्त हुनेछन्। विद्यार्थीहरूकाे पढाइ लेखाइमा उल्लेख्य सुधार एवम् सफलता प्राप्त हुनेछ। नाेकरीमा हुनेहरूका लागि पदाेन्नतीकाे अवसर अाएकाे छ। वेराेजगारका लागि नयां राेजगारी प्राप्त हाेलान्। ब्यापारी वर्गका लागि उच्च सफलता मिल्नेछ। समग्रमा याे समय कर्कट राशि वालाहरूका लागि शुभ र उत्तम सावित हुनेछ। 

तेश्राे राशि रहेकाे छ- सिंह राशि

सिंह राशि हुने जातककाे लागि याे गाेचरले कर्मक्षेत्रमा ब्यापक सुधार ल्याउनेछ। माता-पिताकाे स्वास्थ्यमा सुधार हुनेछ। देश-विदेशकाे लागि समेत नयां कामका अवसरहरू प्राप्त हुनेछन्। भाग्य चम्कने समय रहेकाे छ तर कर्ममा ध्यान दिएर सकारात्मक कार्यमा मात्र ध्यान दिनुहाेला। नाेकरीमा पदाेन्नति, वेराेजगारीका लागि राेजगारकाे अवसर, राेगीकाे लागि उचित उपचार तथा हरेक काममा बाधा भएका ब्यक्तिहरूका लागि समेत बाधा ब्यावधान हटेर सकारात्मक बाटाे भेटिने समय रहेकाे छ। समग्रमा याे गाेचरले कर्कट राशिलाइ पनि मालामाल बनाउनेछ।

अन्तिममा रहेकाे छ- कन्या राशि

कन्या राशि हुने जातकका लागि याे गाेचरले भाग्यकाे ढाेका खाेल्नेछ। अहिलेसम्म नवनेका कामहरू बन्नेछन्। नसाेचेकाे प्रगती हुनेछ। धर्म-कर्ममा मन जानेछ। परिवारमा खुशी र सुखकाे वातावरण महशुष हुनेछ। सन्तान लाभ हुनेछ। ब्यापारी वर्गका लागि बहुत राम्राे समय सावित हुनसक्छ। वेराेजगारकाे लागि नयां अवसर अाउनेछ। विदेशकाे समेत याेग बन्नेछ। गुरूकृपा प्राप्त गर्नुभएका हरूकाे लागि ज्यादै राम्राे समय सावित हुनेछ। समग्रमा याे गाेचरकाे अवधिभरीमा कन्या राशिले धेरै सुखद् समाचारहरू सुन्न पाइनेछ र हरेक कार्यमा सफलता प्राप्त हुनेछ।

गुरू प्रेमानन्द शास्त्रीका अनुसार माथिका गाेचर प्रभाव फलहरू चन्द्रराशीकाे अाधारमा ब्याख्या गरिएका हुनाले जन्मकुडलीमा भएकाे गुरू बृहस्पतिकाे अवस्था अनुसार फलितमा फरक पर्न सक्ने भएकाेले सहि मूल्याङ्कन तथा फलादेशकाे लागि तपाइंले अाफ्नाे जन्मकुडली याेग्य ज्याेतिषिहरूसंग बिश्लेषण गराउनु हाेला। गुरू कृपा केवलम्। धन्यवाद। प्रणाम।

 

2024-01-23

श्री स्वास्थानी ब्रत २०८०- सम्पूर्ण जानकारी

यस बर्ष २०८० साल माघ ११ गते ( तदनुसार 25 जनवरी 2024) बिहिबारका दिनदेखि श्रीस्वस्थानी ब्रत शुरू हुंदैछ ।पाैष शुक्लपूर्णिमाका दिनदेखि माघ शुक्लपूर्णिमाका दिनसम्म एक महिना बसिने याे ब्रतलाइ माघस्नान काे रूपमा पनि लिने गरिन्छ। अघि सत्ययुगमा भगवान बिष्णुकाे कृपा अनुसार हिमालय पुत्री पावर्तीले श्रीमहादेवलाइ पतिकाे रूपमा प्राप्त गरूं भनि श्रीस्वस्थानीकाे कठाेर ब्रत बसेकाे र चिताएकाे कुरा पूर्ण भएकाे कथामा उल्लेख छ। याे एक महिनाकाे अवधिमा स्कन्द पुाराण अन्तर्गत केदार खण्डकाे माघ महात्म्यकाे कुमारजी र अगस्त्यबीच भएकाे संवादलाइ स्वस्थानी ब्रतकथाकाे रूपमा सुन्ने र सुनाउने चलत रहिअाएकाे छ।

ब्रत शुरूहुने भन्दा अघिल्लाे दिन नै हात गाेडाका नङ्ग काटी शुद्ध पवित्र भएर एकछाक मात्र भाेजन गरी महिनादिन सम्म भूमिमा शयन गर्नुपर्दछ। अन्तिम दिन माघशुक्लपूर्णिमाका दिनमा रात्रीमा जाग्राम बस्ने, श्रीस्वस्थानी परमेश्वरीलाइ मनले सम्झिने, १०८ का दरले तयार पारेका सामग्रीहरूलाइ अाफ्ना पति भए पतिलाइ दिनु, पछि नभए छाेरालाइ दिनु, छाेरा पनि नभए मितछाेरा लाइ दिनु, मितछाेरा पनि नभए जुन मनेाकामनाले ब्रत बसकाे हाे त्याे कुरा पूर्ण हाेस् सिद्ध हाेस् भनेर गंगाजीमा लगेर बगाउने गर्नुपर्दछ।

याे ब्रत बिशेष गरि महिला दिदिबहिनीहरूले राम्राे पति पाउनका लागि र विवाहित महिलाहरूले पतिकाे दीर्घायुकाे कामना गरेर वस्ने प्रचलन रहेकाे छ। याे अवधिमा प्रत्येकका घर घरमा स्वस्थानी परमेश्वरीकाे ब्रत बसेर कथा भन्ने र सुनाउने गरिन्छ र यसरी ब्रत बस्दा मनकाे इच्छा पूरा हुने धार्मिक विश्वास रहि अाएकाे छ।

याे कथामा उल्लेख भए अनुसारका विभिन्न क्षेत्रहरू हिमालय पर्वत, श्लेष्मान्तक बन, सांखु लावण्यदेश, शालीनदी, पशुपती , गाैरीघाट अादि क्षेत्रहरू नेपालकाे पवित्र भूमिमा नै रहेकाे छ भने पार्वतीकी पिता हिमालय पर्वत समेत नेपालकै हिमालीक्षेत्रमा रहेकाे बुझिन्छ। याे अवधिमा सांखुकाे शालीनदी, पशुपतीकाे कैलाश, गाैरीघाट, गुहेश्वरी तथा सतीदेवीका अङ्ग पतन भएका अन्य शक्तिपिठहरूमा समेत भब्य मेला लाग्ने तथा श्रद्धालुहरूकाे भीड लाग्ने गर्दछ।

यस महान पर्वकाे अवसरमा ज्याेतिष सेवा सदन तथा ज्याे.पं. प्रेमानन्द शास्त्रीकाे तर्फवाट तपाइंकाे सु-स्वास्थ्य सम्बृद्धि, उत्तराेत्तर प्रगति, दीर्घायु सहित श्रीस्वस्थानी माताकाे पूर्ण कृपा प्राप्त हाेस् धेरै-धेरै अाशिर्वाद अनि श्रीस्वास्थानी ब्रतपर्वकाे हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछाैं।

2023-12-11

माङ्गलिक भङ्ग याेग

माङ्गलिक भङ्ग याेग

जन्म कुण्डलीमा जसरी माङ्गलिक याेग बन्दछ त्यसैगरी मङ्गल ग्रहकाे अवस्थिति अनुसार ग्रहहरू मिलेर माङ्गलिक याेग भङ्ग पनि गराउंदछ अर्थात माङ्गलिक दाेष नष्ट हुन्छ। जसलाइ ज्याेतिषिय भाषामा माङ्गलिक देाष परीहार भनेर जान्न सकिन्छ। माङ्गलिक याेग बनेकाे अवस्थामा बैबाहिक जिवन तनावग्रस्त, डामाडाेल, छाेडपत्र, झै-झगडा तथा अन्य तनाव समेत देख्न सकिन्छ । कस्ताे अवस्थामा माङ्गलिक याेग भङ्ग हुन्छ त अाउनुहाेस् चर्चा गराैं ।

  1. ज्याेतिष गुरू प्रेमानन्द शास्त्रीकाे अनुसार यदि जन्मकुण्डलीमा लग्न, चाैंथाे, साताैं, अाठाैं र बार्हाैं भावमा शनिदेव विराजमान हुनुहुन्छ भने जातककाे माङ्गलिक देाष भङ्ग हुन्छ ।
  2. लग्न, दाेश्राे, चाेैंथाे, पांचाैं, अाठाैं र बार्हाैं भावमा बसेकाे मङ्गलले वैवाहिक जिवनमा हलचल पैदा गराउंछ तर ती स्थानहरमा वसेकाे मङ्गल स्वगृही, उच्च या मित्रगृही छ भने त्यस्ताे मङ्गललाइ दाेष कारक मानिंदैन।
  3. जन्मकुण्डलीमा बलवान बृहस्पति तथा शुक्र ग्रह लग्न या साताैं भावमा हाेस् परन्तु शुक्रग्रह मङ्गलकाे साथमा नहाेस्, अथवा मङ्गल बक्री, नीच वा शत्रुकाे घरमा हाेस् वा अस्त हाेस् त त्यस्ताे अवस्थामा पनि माङ्गलिक दाेष भङ्ग हुन्छ ।
  4. यदि जन्मकुण्डलीमा देवगुरू बृहस्पति याेगकारक भएर मङ्गललाइ दृष्टी दिएका छन् भने पनि माङ्गलिक याेग भङ्ग हुन्छ ।
  5. यदि जन्मकुण्डलीमा मङ्गल ग्रह याेगकारक भएर उच्चका छन् भने पनि माङ्गलिक दाेष भङ्ग हुन्छ।
  6. यदि जन्मकुण्डलीमा मङ्गल र बृहस्पतिकाे युति सम्वन्ध बनेकाे छ भने पनि माङ्गलिक देाष भङ्ग हुन्छ।
  7. यदि जन्मकुण्डलीमा बलियाे चन्द्रमाले मङ्गलसंग युति सम्बन्ध बनाएकाे छ भने पनि माङ्गलिक दाेष भङ्ग हुन्छ।
  8. यदि जन्मकुण्डलीमा मङ्गल ग्रह याेगकारक, सम, उच्च वा स्वराशि भएर लग्न, चाैंथाे, साताैं भावमा बसेका छन् भने माङ्गलिन याेग भङ्ग हुन्छ, किनकि रूचक नामक पञ्चमहापुरूष राजयाेगमा माङ्गलिक देाष लाग्दैन तर त्यस्ताे मङ्गलकाे डिग्री बल वा बलाबल भने चेक गर्नुपर्नेछ।
  9. यदि जन्मकुण्डलीमा मङ्गल ग्रहले राहुसंग युति बनायर अङ्गारक दाेष बनेकाे अवस्था छ भने पनि माङ्गलिक देाष भङ्ग हुनजान्छ।
  10. यदि मङ्गल ग्रह 0 डिग्री वा 28 डिग्रीका छन् भने पनि माङ्गलिक याेग भङ्ग हुन्छ किनकी त्यस्ताे मङ्गलमा राम्राे वा नराम्राे प्रभाव पार्ने शक्ति नै हुंदैन ।
  11. यदि कुण्डलीमा माङ्गलिक दाेष बनेकाे छ वा अन्य दाेषहरू बनेका छन् भने पनि सम्बन्धित समस्या निवारणकाे लागि अभिमन्त्रित रत्नधारण, असली सिद्ध माला, नवग्रहशान्ति अनुष्ठान, साधना, गुरूदीक्षामन्त्र ग्रहण लगायत सम्पूर्ण सटिक उपायद्वारा शान्तिकर्मकाे लागि ज्याेतिर्विद् ''ज्याेतिष गुरू" प्रेमानन्द शास्त्रीजी संग सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क वा Appointment काे लागि Website: www.jyotishsewasadan.org.np काे प्रयाेग गर्न सकिन्छ। जयश्रीकृष्ण, प्रणाम।।।

 

2023-10-29

TITLE

यस ज्याेतिष सेवा सदनकाे वेबसाइटमा रहनुहुने ज्योतिष गुरूहरू  र विशेषज्ञहरूले तारामा भएका रहस्यहरूलाई खोलेर बिस्तृत रूपमा समझाउंदे अनन्त दक्षतासँग सम्बन्धित परामर्श प्रदान गर्नुभएकाे मैले पाएं। मैले उहांहरूको अनुभवलाई चमत्कारी र अत्यन्त यथार्थपरक मानें। उहांहरूले मलाई मेरो अतीत, वर्तमान, र भविष्यको गहिरो अवलोकन गराउनु भयाे ।

जो सचमै असाधारण छ  र याे भन्न सकिन्छ कि उहांहरूको परामर्श मात्र सामान्य भविष्यवाणी नभइ नितान्त व्यक्तिगत सम्पूर्ण अान्तरिक कुराहरूकाे विस्तृत बिबरण नै थियाे। उहांहरूले मलाइ एउटा रोडम्याप प्रदान गर्नुभयाे  जसले मलाई जीवनको ट्विस्ट र मोडहरूलाई आत्मविश्वाससँग नाविगेट गर्न मद्दत गर्‍यो। उहांहरूले मलाई के भएको भनेर मात्र भन्नुभएन तर किन र कसरी अनि के कारणबाट भएको भनेर ग्रहहरूकाे अवस्था समेत सम्झाएर प्रमाणित तरिकाले भन्नुभएको थियो। बास्तबमै ज्याेतिषिय परामर्श भनेकाे त यस्ताे पाे हुनुपर्छ भन्ने मलाइ लाग्याे । ज्याेतिष सेवा सदन र मुख्यरूपमा मलाइ परामर्श दिने पूज्य गुरूजी श्री प्रेमानन्द शास्त्रीजीलाइ बिशेष सम्मान तथा नमस्कार ।