Horoscope

Insights for a Modern Industry

Teams across logistics and manufacturing are rethinking how they handle seasonal demand. This article breaks down three practical steps, from data hygiene to vendor alignment, with examples you can apply this week.

Insights for a Modern Industry

Teams across logistics and manufacturing are rethinking how they handle seasonal demand. This article breaks down three practical steps, from data hygiene to vendor alignment, with examples you can apply this week.

Insights for a Modern Industry

Teams across logistics and manufacturing are rethinking how they handle seasonal demand. This article breaks down three practical steps, from data hygiene to vendor alignment, with examples you can apply this week.

निलम रत्न शनिग्रहकाे रत्न हाे । बिशेष गरि मकर र कुंभ राशि/लग्न वाला जातकलाइ याे पत्थर लगाउने सल्लाह दिइन्छ। जसकाे कुण्डलीमा शनि बक्री, अस्त, निचराशिमा अवस्थित छ र शुभभावमा वसेकाे वा शुभ भावकाे स्वामि छ त्यस्ताे अवस्थामा निलम रत्न धारण गर्नु राम्राे मानिन्छ। साथै शनिकाे महादशा अन्तरदशा, शनि सांढेसाती अादि चलेकाे छ भने पनि निलम रत्न धारण गर्नु शुभ मानिन्छ। निलम रत्न धारण गर्दा जन्मकुण्डलीकाे राम्राेसंग परीक्षण गरायर मात्र धारण गर्नुपर्दछ अन्यथा यसकाे साइड इफेक्ट ज्यादै घातक हुन सक्छ।
माणिक्य रत्न सूर्य ग्रहकाे रत्न मानिन्छ। यदि जन्मकुण्डलीमा सूर्यकाे स्थिति कमजाेर छ भने बांकी ग्रहहरू जति नै राम्रा भएतापनि शुभ फल प्रदायक मानिंदैनन् त्यसकारण सूर्यग्रहलाइ मजवुत बनाउनुपर्छ त्यसकाे लागि माणिक्य रत्न निकै प्रभावकारि हुन्छ। यसलाइ पद्मराग, रविरत्न अथा रूबी स्टाेन अादि नामले पनि चिनिन्छ। याे रत्न धारण गर्नाले अात्मविश्वासका बृद्धि हुने तथा हरेक तनावलाइ घटाउंदै लाने र अन्य ब्यक्तिहरूप्रति राम्राे धारणाकाे विकास गरिदिन्छ। साथै याे रत्नले छाला सम्बन्धी विकार समेत हटाउंदै निराेगी काया बनाउंछ।
याे पत्थर मेष र बृश्चिक लग्न राशि भएकाहरूलाइ विशेष लाभकारि मानिन्छ। सिंह र कर्कट लग्नका जातकका लागि पनि याे पत्थर लाभदायक मानिन्छ । सामान्यतथा याे पत्थर मेष र बृश्चिक राशि/लग्न भएका तथा मङ्गलबार जन्मभएका जातकहरूका लागि शुभ फलदायक मानिन्छ। ज्याे.पं. प्रेमानन्द शास्त्रीका अनुसार मङ्गल ग्रहकाे अवस्था हेरेर मात्र मुंगा धारण गर्नुपर्दछ। यदि मङ्गल ग्रह यदि जन्मकुण्डलीमा मारकेस बनेर बसेकाे छ भने याे पत्थरकाे प्रयाेग हानिकारक मानिन्छ।
याे रत्न धनु र मीन राशि / लग्न तथा गुरू बृहस्पतिकाे लागि हाे । मिथुन र कन्या राशि भएकाहरूलाइ यदि प्रेममा बाधा भयाे भने पनि यहि रत्न सहायक सिद्ध मानिन्छ। बिहीबार जन्मभएका हरूलाइ समेत याे पत्थर सहायक मानिन्छ। ब्यापार ब्यावशायमा बृद्धिहाेस् भन्नका लागि समेत याे पत्थरकाे प्रयाेग गरिन्छ। ज्याे.पं. प्रेमानन्दशास्त्रीका अनुसार याेग्य ज्याेतिषीलाइ कुण्डली देखायर, उचित ताेल र अाकार भएकाे, पूर्ण सिद्धि गरेर , गुरूपुष्य याेग वा बिहीबारकाे दिन पारेर मात्र याे पत्थर धारण गर्नुपर्दछ।
याे रत्न राहु ग्रहकाे लागि हाे। याे पत्थरले राहु ग्रहकाे असरलाइ न्युनिकरण गर्न प्रभावकारी भूमिका खेल्दछ। यसले तत्कालै अथवा तुरून्तै अाफ्नाे प्रभाव देखाउने गर्दछ। याे रत्न विशेष गरि कालशर्पदाेष, नागदाेष, ग्रहणदाेष, राहुकाे महादशा अन्तरदशा, लग्न वा राशिबाट अाठाैं स्थानमा राहु भएकाे अवस्था, केन्द्रमा निचराहुकाे अवस्था अादि अवस्थामा प्रयाेग गरिन्छ । ज्याेतिष गुरू प्रेमानन्द शास्त्रीका अनुसार गाेमेद रत्न याेग्य ब्राम्हणद्वारा विधिपूर्वक अनुष्ठान गरि सिद्ध गरेर मात्र धारणा गर्नुपर्दछ।
पन्ना रत्न बुध ग्रहकाे लागि हाे । सामान्यतया याे रत्न कन्या र मिथुन राशि भएकाहरूलाइ लाभदायक मानिन्छ तर त्यसकाे अलावा बृष लगन र सिंह लग्न भएकालाइ अति लाभकारक मानिन्छ । यसकाे अलावा मेष र धनु लग्न भएका ब्यक्तिहरूलाइ पनि पारिवारीक सुख एवम् ब्यापार बृद्धिका लागि याे प्रभावकारी मानिन्छ। तर धनु राशि भएकाहरूलाइ भने अन्त्यमा खर्च बढी गराउने पनि हुन सक्छ। गुरू प्रेमानन्द शाास्त्रीका अनुसार याे रत्न धारण गर्दा राम्राे ज्याेतिषीकाे सल्लाह लिएर मात्र र बिधिपूर्वक धारण गर्नुपर्दछ।