2026-10-16

Insights for a Modern Industry 1792142370

Insights for a Modern Industry

Teams across logistics and manufacturing are rethinking how they handle seasonal demand. This article breaks down three practical steps, from data hygiene to vendor alignment, with examples you can apply this week.

2026-10-16

Insights for a Modern Industry 1792142357

Insights for a Modern Industry

Teams across logistics and manufacturing are rethinking how they handle seasonal demand. This article breaks down three practical steps, from data hygiene to vendor alignment, with examples you can apply this week.

2026-09-25

साेर्हश्राद्ध २०८३

साेर्हश्राद्ध २०८३ / 2026

जयश्रीकृष्ण, प्रणाम ।। 
ज्योतिष सेवा सदनका आदरणीय ज्याे.पं. प्रेमानन्द शास्त्रीज्यूले तयार गर्नुभएकाे बि.सं. २०८३ सालको पितृपक्षसम्बन्धी जानकारीलाई शास्त्रीय मान्यता, श्राद्धको तिथि निर्णय, पार्वण श्राद्धको विधि, श्राद्ध गर्ने उचित समय, पिण्डदान, तर्पण, मातृनवमी, सर्वपितृ अमावस्या तथा श्राद्धपक्षमा ध्यान दिनुपर्ने विषयहरू समेटेर याे जानकारी प्रस्तुत गरेको छु।
पितृपक्ष हिन्दू धर्मपरम्परामा दिवङ्गत पितृहरूको स्मरण, तर्पण, पिण्डदान, श्राद्ध तथा दान गर्ने विशेष समय हो। यस अवधिमा श्रद्धापूर्वक गरिने कर्मलाई पितृप्रति कृतज्ञता व्यक्त गर्ने धार्मिक कर्तव्यका रूपमा लिइन्छ।
वि.सं. २०८३ सालको पितृपक्ष कहिलेदेखि कहिलेसम्म रहेकाे छ ? 
आरम्भ        २०८३ असोज ११ गते, आइतबार    प्रतिपदा श्राद्ध
समापन        २०८३ असोज २४ गते, शनिबार     सर्वपितृ अमावस्या
अङ्ग्रेजी मिति अनुसार २७ सेप्टेम्बर २०२६ देखि १० अक्टोबर २०२६ सम्म परेकाे छ । यसमा सम्लग्न श्राद्ध सम्बन्धी सम्पूर्ण बिवरण नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको आधिकारिक पात्रोकाे अाधारमा रहेकाे छ । नेपालकाे अाधिकारिक पञ्चाङ्ग अनुसार यस वर्षकाे पितृपक्षमा कुन दिन कुन श्राद्ध गर्ने भन्ने बारेमा पनि हामीले जानकारी दिंदैछाैं । पितृपक्षमा  श्राद्ध गर्दा दिवङ्गत व्यक्तिको मृत्यु भएको तिथिअनुसार श्राद्ध गरिन्छ। उदाहरणका लागि, कुनै व्यक्तिको मृत्यु कृष्णपक्षको द्वितीया तिथिमा भएको थियो भने पितृपक्षको द्वितीया तिथिमा श्राद्ध गरिन्छ। यस वर्षकाे पितृपक्षका तिथिहरू यसप्रकार रहेका छन् । 
मिति                    बार               श्राद्ध
असोज १०          शनिबार            पूर्णिमा श्राद्ध ९पक्षपूर्व०, प्राष्टपदी श्राद्ध
असोज ११         आइतबार           प्रतिपदा श्राद्ध
असोज १२         सोमबार            द्वितीया श्राद्ध
असोज १३         मङ्गलबार          तृतीया तथा महाभरणी श्राद्ध
असोज १४         बुधबार             चतुर्थी श्राद्ध
असोज १५         बिहीबार           पञ्चमी श्राद्ध, षष्ठी श्राद्ध,
असोज १६         शुक्रबार           सप्तमी श्राद्ध
असोज १७         शनिबार           अष्टमी श्राद्ध
असोज १८        आइतबार          नवमी श्राद्ध ९मातृनवमी०
असोज १९        सोमबार             दशमी श्राद्ध
असोज २०        मङ्गलबार           एकादशी श्राद्ध
असोज २१        बुधबार               द्वादशी श्राद्ध तथा मघा श्राद्ध
असोज २२       बिहीबार             त्रयोदशी श्राद्ध
असोज २३       शुक्रबार              चतुर्दशी श्राद्ध
असोज २४       शनिबार              सर्वपितृ अमावस्या , औँसी श्राद्ध०
पितृपक्षमा कुन तिथिमा कसको श्राद्ध गर्ने ?
श्राद्धको तिथि        कसका लागि गरिन्छरु
प्रतिपदा                प्रतिपदा तिथिमा दिवङ्गत भएका पितृहरू
द्वितीया                 द्वितीयामा दिवङ्गत भएका पितृहरू
तृतीया                  तृतीयामा दिवङ्गत भएका पितृहरू
चतुर्थी                  चतुर्थीमा दिवङ्गत भएका पितृहरू
पञ्चमी                  पञ्चमीमा दिवङ्गत भएका पितृहरूस कतिपय परम्परामा अविवाहित अवस्थामा दिवङ्गत भएकाहरूको विशेष श्राद्ध
षष्ठी                     षष्ठी तिथिमा दिवङ्गत भएका पितृहरू
सप्तमी                 सप्तमी तिथिमा दिवङ्गत भएका पितृहरू
अष्टमी                  अष्टमीमा दिवङ्गत भएका पितृहरू
नवमी                   नवमीमा दिवङ्गत भएका पितृहरूस मातृनवमीमा दिवङ्गत मातृपक्षका महिलाहरूको विशेष श्राद्ध
दशमी                   दशमीमा दिवङ्गत भएका पितृहरू
एकादशी                एकादशीमा दिवङ्गत भएका पितृहरू
द्वादशी                   द्वादशीमा दिवङ्गत भएका पितृहरूस सन्यास ग्रहण गरेका व्यक्तिहरूको श्राद्ध पनि यस तिथिमा गर्ने परम्परा छ
त्रयोदशी                 त्रयोदशीमा दिवङ्गत भएका पितृहरूस बालकहरूको श्राद्धसम्बन्धी केही परम्परामा विशेष महत्त्व
चतुर्दशी                  चतुर्दशीमा दिवङ्गत भएका पितृहरूस विशेषतः शस्त्र, दुर्घटना वा असामान्य मृत्यु भएकाहरूको श्राद्धका लागि विशेष मान्यता
अमावस्या               मृत्यु तिथि थाहा नभएका वा अन्य तिथिमा श्राद्ध गर्न नसकिएका पितृहरूका लागि सर्वपितृ श्राद्ध
माथिका विशेष तिथिसम्बन्धी प्रचलनहरू सबै सम्प्रदायमा समान छैनन्। कुलपरम्परा, गृह्यसूत्र र स्थानीय आचारअनुसार निर्णय गर्नुपर्छ। 

श्राद्ध भनेको के हो ?
‘श्राद्ध’ शब्दको मूल भाव ‘श्रद्धा’ हो। श्रद्धापूर्वक पितृहरूको उद्देश्यले गरिने तर्पण, पिण्डदान, ब्राह्मणभोजन, दान तथा अन्य धार्मिक कर्मलाई श्राद्ध भनिन्छ।
भगवद्गीतामा पितृयज्ञको वारेमा उल्लेख  गरिएकाे छ ।श्रीमद्भगवद्गीता, अध्याय ९, श्लोक २५ अनुसार -
यान्ति देवव्रता देवान् पितॄन्यान्ति पितृव्रताः।
भूतानि यान्ति भूतेज्या यान्ति मद्याजिनोऽपि माम्॥ ९।२५॥
भावार्थ-  देवताको उपासना गर्नेहरू देवतासम्बन्धी गति प्राप्त गर्छन्, पितृहरूको उपासना गर्नेहरू पितृहरूको गति प्राप्त गर्छन्, भूतहरूको उपासना गर्नेहरू भूतहरूकहाँ पुग्छन् र मेरो उपासना गर्नेहरू मत्कहाँ आउँछन्।
यस श्लोकले पितृहरूको उपासना तथा पितृकर्मको धार्मिक महत्त्वलाई स्पष्ट गर्छ।
भगवद्गीता १७।२० — सात्त्विक दानकाे बारेमा यस्ताे भनाइ रहेकाे छ ।
दातव्यमिति यद्दानं दीयतेऽनुपकारिणे।
देशे काले च पात्रे च तद्दानं सात्त्विकं स्मृतम्॥ १७।२०॥
भावार्थ-  प्रतिफलको अपेक्षा नगरी, उचित देश, काल र पात्रलाई कर्तव्य सम्झेर दिइने दान सात्त्विक मानिन्छ। श्राद्धमा गरिने दान, भोजन तथा सेवा पनि श्रद्धा र निष्काम भावले गर्नुपर्ने शिक्षा यस श्लोकसँग सम्बन्धित छ।
मनुस्मृति ३।१२२ — पितृकर्ममा श्रद्धा हुनुपर्ने कुरालाइ यसरी जाेड दिइएकाे पाइन्छ ।
मनुस्मृतिको तृतीय अध्यायमा श्राद्ध, पितृपूजा, अतिथिसत्कार तथा ब्राह्मणभोजनको विस्तृत चर्चा गरिएको छ। श्राद्धमा श्रद्धा, शुद्धता र विधिपूर्वक कर्म गर्नु यसको मूल आधार हो। शास्त्रीय आधारका मुख्य ग्रन्थहरू - मनुस्मृति, याज्ञवल्क्यस्मृति, विष्णुधर्मसूत्र, गरुडपुराण, धर्मसिन्धु तथा निर्णयसिन्धुमा श्राद्ध, तर्पण, पिण्डदान र पितृकर्मसम्बन्धी विस्तृत विधान पाइन्छ।
साेर्हश्राद्ध अर्थात् पार्वण श्राद्ध भनेको के हो ?
पितृपक्षमा गरिने नियमित पितृश्राद्धलाई सामान्यतः पार्वण श्राद्ध भनिन्छ। पार्वण श्राद्धमा पितृहरूलाई उद्देश्य गरी विधिपूर्वक सङ्कल्प, आवाहन, अर्घ्य, पिण्डदान, तर्पण, ब्राह्मणभोजन तथा दान गरिन्छ। पार्वण श्राद्धमा प्रायः तीन पुस्ताका पितृहरूलाई विशेष रूपमा स्मरण गरिन्छ । पिता, पितामह र प्रपितामह। माता, पितामही र प्रपितामही। कुलपरम्परा तथा पितृपक्षको विधिअनुसार मातृपक्षका पितृहरू पनि। पार्वण श्राद्धमा विश्वेदेवको पूजा तथा पितृहरूलाई अर्घ्य अर्पण गर्ने विधि पनि कतिपय गृह्यसूत्रीय परम्परामा उल्लेख छ।
पार्वण श्राद्ध कसरी गर्ने ?
यहाँ सामान्य गृहस्थ परम्परामा प्रचलित पार्वण श्राद्धको क्रम प्रस्तुत गरिएको छ। मन्त्र, देवता आवाहन, पिण्डको सङ्ख्या र पात्रको व्यवस्था गोत्र, शाखा, गृह्यसूत्र तथा कुलपरम्पराअनुसार फरक हुन सक्छ।
पहिलो चरण — स्नान, शुद्धता र सङ्कल्प 

प्रातःकाल स्नान गरी स्वच्छ वस्त्र धारण गर्ने।
श्राद्धस्थल सफा गरी कुश, तिल, जल, अक्षता, पुष्प, पिण्डका लागि पाकेको चामल वा चामलको पिठो, घिउ, मधु तथा आवश्यक सामग्री तयार गर्ने।
आचमन, प्राणायाम र देवस्मरणपछि सङ्कल्प गर्ने।
सङ्कल्पमा देश, काल, संवत्सर, मास, पक्ष, तिथि, गोत्र, पितृहरूको नाम र श्राद्धको उद्देश्य उल्लेख गरिन्छ।
सङ्कल्पको सामान्य भाव यस्तेा हुनुपर्दछ । तर श्राद्ध गराउने पुराेहीत तथा पण्डितजीहरूबाट नै सङ्कल्प पूरा गराउने प्रचलन रहेकाे छ । 
“मेरा दिवङ्गत पिता, पितामह, प्रपितामह तथा मातृपक्षका पितृहरूको तृप्ति, कल्याण र सद्गतिको कामनाले शास्त्रोक्त विधिअनुसार श्राद्धकर्म गर्दैछु।”
यो भावार्थ होस पूर्ण वैदिक सङ्कल्पका शब्द शाखा र परम्पराअनुसार फरक हुन्छन्।
दोस्रो चरण — विश्वेदेव तथा पितृ आवाहन
पार्वण श्राद्धको परम्पराअनुसार विश्वेदेवको पूजन गरिन्छ। त्यसपछि पितृहरूको आवाहन गरी आसन, अर्घ्य, गन्ध, पुष्प, धूप तथा दीप अर्पण गरिन्छ।
कुशको प्रयोग पितृकर्ममा विशेष महत्त्वपूर्ण मानिन्छ। कुशको दिशा, आसन तथा पितृतीर्थबाट जल अर्पण गर्ने विधि परम्परागत नियमअनुसार मिलाउनुपर्छ।
तेस्रो चरण — पिण्डदान
पकाएको शुद्ध चामल वा खीर अथवा पायस, तिल तथा आवश्यक सामग्रीबाट पिण्ड तयार गरी पितृहरूलाई अर्पण गरिन्छ।
सामान्यतः पितृहरूको तीन पुस्ताका लागि पिण्डदान गरिन्छ। तर कुलपरम्परा, पितृको अवस्था तथा श्राद्धको प्रकारअनुसार पिण्डको सङ्ख्या फरक हुन सक्छ।
पिण्डदान गर्दा पितृहरूको नाम, गोत्र र सम्बन्ध स्पष्ट रूपमा स्मरण गरी श्रद्धापूर्वक अर्पण गरिन्छ।

चौथो चरण — पितृतर्पण
तिलमिश्रित जलबाट पितृहरूलाई तर्पण गरिन्छ। तर्पणमा पितृतीर्थको प्रयोग गरिन्छ, जसको परम्परागत स्थान हातको बूढीऔँलातर्फको भाग मानिन्छ।
तर्पण गर्दा पितृहरूको नाम र गोत्रसहित जल अर्पण गर्ने परम्परा छ। कतिपय परम्परामा पिण्डदानपछि तर्पण गरिन्छ भने कतिपयमा क्रम फरक हुन सक्छ। कतिपय स्थानहरूमा श्राद्धकाे अघिल्लाे दिनमा नै तर्पण गर्ने गरिन्छ भने कतिपय स्थानहरूमा शुरूमा तर्पण गरेर अनि वल्ल श्राद्ध गर्ने परम्परा रहेकाे पाइन्छ ।
पाँचौँ चरण — ब्राह्मणभोजन तथा पितृप्रसाद
श्राद्धमा आमन्त्रित ब्राह्मणलाई विधिपूर्वक भोजन गराउने, दक्षिणा दिने र पितृहरूको नाममा अन्नदान गर्ने परम्परा छ।
ब्राह्मणभोजन सम्भव नभएमा आफ्नो कुलपरम्पराअनुसार वैकल्पिक विधि अपनाउन सकिन्छ। असहाय, गरिब तथा भोकाएका व्यक्तिलाई भोजन गराउनु पनि पुण्यकर्म मानिन्छ।
छैटौँ चरण — विसर्जन र प्रार्थना
श्राद्धको अन्त्यमा पितृहरूलाई नमस्कार गरी प्रार्थना गर्ने, विधिपूर्वक विसर्जन गर्ने र पितृहरूको कल्याणको कामना गर्ने। पिण्ड तथा पूजासामग्रीको विसर्जन गर्दा स्थानीय धार्मिक परम्परा र वातावरणीय स्वच्छताको ध्यान दिनुपर्छ।श्राद्ध कति बेला गर्ने ? — कुतुप, रौहिण र अपराह्न काल ।
पितृपक्षको पार्वण श्राद्धका लागि अपराह्न काल विशेष महत्त्वपूर्ण मानिन्छ। धर्मशास्त्रीय परम्परामा मध्याह्नपछि पर्ने अपराह्न समयमा श्राद्ध गर्ने विधान छ। श्राद्धका लागि विशेष महत्त्वका तीन समय - 
कुतुप मुहूर्त  (कुतुप काल०)
मध्याह्नतिर पर्ने विशेष शुभ समय। पार्वण श्राद्धमा यसको विशेष महत्त्व छ। परम्परागत मुहूर्त गणनामा यसको अवधि लगभग ४८ मिनेट मानिन्छ।
रौहिण मुहूर्त  (रौहिण काल०)
कुतुप मुहूर्तपछि आउने अर्को विशेष समय। कतिपय पञ्चाङ्गीय गणनामा यसको अवधि पनि लगभग ४८ मिनेट हुन्छ।
अपराह्न काल
मध्याह्नपछि पर्ने समय। पार्वण श्राद्धको मुख्य कर्म यसै समयमा गर्ने परम्परा छ। श्राद्धको दिन तिथि अपराह्नमा व्याप्त छ कि छैन भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ।
नेपालमा श्राद्धको समय कसरी निर्धारण गर्ने ?
श्राद्धको घडीको समय स्थानअनुसार फरक हुन्छ। काठमाडौं, चितवन, जनकपुर तथा अन्य स्थानमा सूर्योदय, मध्याह्न र अपराह्नको समय एकै हुँदैन।
त्यसैले श्राद्धको दिन स्थानीय सूर्योदय र मध्याह्नको समय हेर्ने। कुतुप र रौहिण मुहूर्तको समय पञ्चाङ्गबाट मिलाउने। तिथि अपराह्नमा व्याप्त भएको छ कि छैन जाँच्ने। सम्भव भएसम्म कुतुप मुहूर्तदेखि अपराह्न कालभित्र मुख्य श्राद्धकर्म सम्पन्न गर्ने। ध्यान दिनुपर्ने कुरा कुतुप मुहूर्त र अपराह्न काल एउटै होइनन्। श्राद्धको निर्णयमा तिथिव्याप्ति तथा कुलपरम्परालाई पनि महत्त्व दिनुपर्छ।
विशेष श्राद्धहरू — महाभरणी, मातृनवमी, मघा र सर्वपितृ अमावस्या
१. महाभरणी श्राद्ध - भरणी नक्षत्रमा गरिने श्राद्धलाई महाभरणी श्राद्ध भनिन्छ। पितृकर्मका लागि भरणी नक्षत्रलाई विशेष महत्त्व दिइन्छ। पितृपक्षमा भरणी नक्षत्र परेको दिन विशेष श्राद्ध गर्ने परम्परा छ।
२. मातृनवमी श्राद्ध - पितृपक्षको नवमी तिथिलाई मातृनवमी भनिन्छ। दिवङ्गत आमा, हजुरआमा तथा मातृपक्षका महिलाहरूको स्मरणमा विशेष श्राद्ध गर्ने परम्परा छ। आमाको मृत्यु तिथि थाहा नभएको अवस्थामा पनि कतिपय परम्परामा मातृनवमीमा श्राद्ध गरिन्छ।
३. मघा श्राद्ध - मघा नक्षत्र पितृसम्बन्धी मान्यताका कारण विशेष महत्त्वपूर्ण मानिन्छ। मघा नक्षत्रमा गरिने श्राद्धलाई मघा श्राद्ध भनिन्छ। यसको निर्णय स्थानीय पञ्चाङ्ग र परम्पराअनुसार गरिन्छ।
४. सर्वपितृ अमावस्या -  पितृपक्षको अन्तिम दिन पर्ने अमावस्यालाई सर्वपितृ अमावस्या भनिन्छ। मृत्यु तिथि थाहा नभएका, पितृपक्षमा अन्य तिथिमा श्राद्ध गर्न नसकिएका वा विभिन्न पितृहरूको सामूहिक श्राद्ध गर्न चाहनेहरूका लागि यो दिन विशेष मानिन्छ।
सर्वपितृ अमावस्यामा के गर्ने ?
पितृहरूको नाम र गोत्र स्मरण गरी सङ्कल्प गर्ने।
तिलमिश्रित जलबाट तर्पण गर्ने।
कुलपरम्पराअनुसार पिण्डदान तथा श्राद्ध गर्ने।
ब्राह्मणभोजन, अन्नदान वा आवश्यक परोपकारी सेवा गर्ने।
पितृहरूको शान्ति र कल्याणको प्रार्थना गर्ने।
श्राद्धपक्षमा विशेष ध्यान दिनुपर्ने कुराहरू
पितृपक्षमा श्राद्धकर्मका साथै आचरण, शुद्धता, संयम र दानधर्मलाई पनि महत्त्व दिइन्छ।
श्राद्धपक्षका १० महत्त्वपूर्ण नियम
श्रद्धा र शुद्धतास् श्राद्ध गर्दा शारीरिक तथा मानसिक शुद्धता कायम राख्ने र श्रद्धापूर्वक कर्म गर्ने।
तिथि निश्चित गर्नेस् दिवङ्गत व्यक्तिको मृत्यु भएको तिथि पत्ता लगाई सोही तिथिमा श्राद्ध गर्ने। तिथि थाहा नभएमा कुलपरम्पराअनुसार सर्वपितृ अमावस्यामा श्राद्ध गर्न सकिन्छ।
समयको ध्यान दिनेस् पार्वण श्राद्ध अपराह्न कालमा गर्ने। तिथि र मुहूर्त स्थानीय पञ्चाङ्गअनुसार मिलाउने।
सात्त्विक भोजनस् श्राद्धको दिन सात्त्विक भोजन गर्ने। कतिपय परम्परामा मांसाहार, मदिरा, लसुन, प्याज आदि त्याग्ने चलन छ।
दान र सेवास् अन्नदान, वस्त्रदान तथा आवश्यक परोपकारी सेवा गर्ने। दान गर्दा प्रतिफलको अपेक्षा नराख्ने।
क्रोध र विवादबाट टाढा रहनेस् श्राद्धपक्षमा परिवारमा सद्भाव, शान्ति र परस्पर सम्मान कायम राख्ने।
पितृहरूको नाम र गोत्रस् श्राद्धमा पितृहरूको नाम, गोत्र र सम्बन्ध यथासम्भव स्पष्ट उल्लेख गर्ने।
पिण्ड र तर्पणको शुद्धतास् कुश, तिल, जल तथा पिण्डको प्रयोग कुलपरम्परा र शास्त्रीय विधिअनुसार गर्ने।
जीवजन्तुप्रति करुणास् गाई, कुकुर, काग तथा अन्य जीवप्रति दया राख्ने। कागलाई भोजन दिने चलन कतिपय श्राद्धपरम्परामा प्रचलित छ।
असमर्थ भएमा विकल्पस् पूर्ण विधि गर्न नसक्ने अवस्थामा आफ्नो कुलपरम्पराअनुसार तर्पण, प्रार्थना, दान वा सरल श्राद्ध विधि अपनाउन सकिन्छ।
पितृपक्षमा के गर्नु राम्रो मानिन्छ ?
दिवङ्गत माता(पिता तथा पितृहरूको स्मरण र प्रार्थना।
वृद्धवृद्धा, असहाय तथा भोकाएका व्यक्तिलाई भोजन गराउने।
धर्मग्रन्थको पाठ, भगवान् विष्णुको स्मरण तथा सत्कर्म।
परिवारका ज्येष्ठ सदस्यहरूको सम्मान र सेवा।
आफ्नो क्षमता र परम्पराअनुसार श्राद्ध, तर्पण तथा दान गर्ने।
स्पष्ट पार्नुपर्ने कुरास् पितृपक्षमा विवाह, गृहप्रवेश तथा अन्य माङ्गलिक कर्म नगर्ने परम्परा धेरै समुदायमा छ। तर यस अवधिमा सबै शुभकर्म निषेध छन् भन्ने निष्कर्ष सबै धर्मशास्त्रीय परम्परामा समान छैन।
श्राद्ध गर्न नसक्ने अवस्थामा के गर्ने ?
कुनै कारणले निर्धारित तिथिमा श्राद्ध गर्न नसकिएमा सर्वपितृ अमावस्यामा श्राद्ध गर्ने परम्परा छ। तर सबै अवस्थामा अमावस्या नै विकल्प हुन्छ भन्ने छैन। मृत्यु तिथि, श्राद्धको प्रकार र कुलपरम्पराअनुसार निर्णय गर्नुपर्छ।
पूर्ण श्राद्ध गर्न नसक्ने व्यक्तिले आफ्नो परम्पराअनुसार निम्न कर्म गर्न सकिन्छ -
पितृहरूको नाममा तिलमिश्रित जलबाट तर्पण।
पितृहरूको स्मरण गरी प्रार्थना।
अन्नदान वा असहायलाई भोजन।
योग्य पुरोहितको मार्गदर्शनमा सरल श्राद्ध विधि।
पितृकर्मको मूल भाव श्रद्धा, कृतज्ञता र धर्मपालन हो।
पितृपक्षको समापनमा भन्न सकिने श्लोक
श्राद्धकर्मको अन्त्यमा पितृहरूको कल्याणको कामना गर्दै निम्न प्रार्थना गर्न सकिन्छ।
ॐ पितृभ्यः स्वधायिभ्यः स्वधा नमः।
पितामहेभ्यः स्वधायिभ्यः स्वधा नमः।
प्रपितामहेभ्यः स्वधायिभ्यः स्वधा नमः।
यो पितृहरूलाई स्वधा अर्पण गर्ने भावको मन्त्रात्मक प्रार्थना हो। पूर्ण वैदिक मन्त्रपाठका लागि आफ्नो शाखा तथा कुलपरम्पराअनुसार पुरोहितबाट पुष्टि गर्नु उपयुक्त हुन्छ।
“प्रिय पाठकवृन्द , पितृपक्ष केवल श्राद्ध गर्ने समय मात्र होइन, आफ्ना माता - पिता, पुर्खा तथा दिवङ्गत आत्माहरूको स्मरण गर्ने, उहाँहरूप्रति कृतज्ञता व्यक्त गर्ने र धर्म, सेवा तथा सदाचारको मार्गमा अघि बढ्ने पवित्र अवसर पनि हो। हाम्रो सनातन धर्मले पितृहरूको सम्मान, वृद्धवृद्धाको सेवा, दान, करुणा र श्रद्धालाई विशेष महत्त्व दिएको छ। त्यसैले पितृपक्षमा आफ्नो कुलपरम्परा र शास्त्रीय विधिअनुसार श्राद्ध, तर्पण तथा दान गरौँ। भगवान् श्रीहरिको कृपाले सम्पूर्ण पितृहरूको कल्याण होस्, सबै परिवारमा सुख, शान्ति र सद्भाव कायम रहोस्। जयश्रीकृष्ण, प्रणाम। राधे राधे । 

2026-08-22

पुत्रदा एकादशी ब्रत- २०८३

पुत्रदा एकादशी ब्रत- २०८३ 

ओम नमो भगवते वासुदेवाय
दर्शकवृन्द जयश्रीकृष्ण, प्रणाम । राधे राधे ।।ज्योतिष सेवा सदनको युट्युब च्यानलमा यहांलाई हार्दिक स्वागत गर्दछु, म छु एष्ट्रोलोजर प्रेमानन्द शास्त्री । आज हामी यो भिडियो सामग्रीमा आउंदै गरेको पुत्रदा एकादशीको बारेमा सम्पूर्ण जानकारी लिएर आएका छौं । यो पुत्रदा एकादशी भनेको के हो ? कहिले परेको छ ? व्रत विधी के छ ? यो व्रत कस्तो ब्यक्तिले वस्ने ? यो ब्रत बस्नाले के फल प्राप्त हुन्छ ? पूजा तथा साइतको लागि उत्तम समय कुन रहेको छ ? कथाको महात्म्य कस्तो छ ? लगायतका सवै विषयवस्तुको बारेमा हामीले यहांहरुलाई जानकारी गराउंदछौं । कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला । साथै हाम्रो च्यानललाइ सब्सक्राइब गर्नु भएको छैन भने गर्नुहोला र यो भिडियोलाइ शेयर गरेर कमेन्टमा ओम नमो भगवते वासुदेवाय लेख्न नभुल्नुहोला । आउनुहोस् अघि बढौं । 
श्रावणशुक्ल पक्षका एकादशीको दिनमा मनाइने यो पर्व यस वर्ष भाद्र महिनाको ७ गते परेको छ । यस वर्ष वि।सं। २०८३ भाद्र ७ गते, आइतबार ९२३ अगस्ट २०२६० मा श्रावण शुक्ल पुत्रदा एकादशी परेको छ। यसलाई पवित्रा एकादशी, पवित्रोपना एकादशी पनि भनिन्छ। काठमाडौंको समयअनुसार श्रावण शुक्ल एकादशी तिथी भाद्र ७ गते रबिबारका दिन तदनुसार २३ अगस्ट सन् २०२६ का दिनमा परेको छ । भाद्र ७ गते बिहान करिब १स्४७ बजे प्रारम्भ भएर भाद्र ८ गते बिहान ०३ बजेर ४९ मिनेटसम्म एकादशी तिथी कायम रहनेछ । त्यसैले यसपालीको एकादशी ब्रत भाद्र ७ गते रबिबारका दिनमा नै गरिन्छ ।  
विशेषस् वैष्णव सम्प्रदायमा एकादशीको नियम सूर्योदय, दशमी(विद्धा र द्वादशी(पारणको गणनाअनुसार केही फरक हुन सक्छ। त्यसैले आफ्नो सम्प्रदायको पद्धति पालना गर्नेले त्यसअनुसार निर्णय गर्नु उचित हुन्छ। तर यस वर्षको पुत्रदा एकादशी भने सवैको लागि एउटै दिनमा परेको छ । 
🌺 २। पुत्रदा एकादशी भनेको के हो ?
पुत्रदा शब्दको अर्थ हो—पुत्र र सन्तान प्रदान गर्ने।
खास गरि एक वर्षमा दुईवटा पुत्रदा एकादशी मानिन्छन्—
पौष शुक्ल पुत्रदा एकादशी 
श्रावण शुक्ल पुत्रदा एकादशी 
हामीले अहिले चर्चा गरिरहेको चाहिँ श्रावण शुक्ल पुत्रदा एकादशी हो। यस दिन विशेषगरी भगवान् श्रीहरि विष्णुरनारायणको आराधना गरिन्छ। सन्तान प्राप्तिको कामना गर्ने दम्पतीले श्रद्धापूर्वक व्रत, विष्णुपूजा, नाम स्मरण र दान गर्ने परम्परा छ।
तर एउटा कुरा स्पष्ट बुझ्नुपर्छ—पुत्रदा भन्नाले केवल छोरा नै प्राप्त हुन्छ भन्ने संकीर्ण अर्थमा मात्र लिनु हुँदैन। वर्तमान सन्दर्भमा यसलाई सन्तान प्राप्ति, सन्तानको सुख, सन्तानको स्वास्थ्य, सद्गुणी सन्तान र वंशको मंगलका लागि गरिने व्रतका रूपमा बुझ्नु अधिक उचित हुन्छ।
📜 ३। शास्त्रीय आधार
श्रावण शुक्ल एकादशीलाई पुत्रदा एकादशी भनिएको प्रसङ्ग भविष्य पुराणमा भगवान् श्रीकृष्ण र धर्मराज युधिष्ठिरबीचको संवादका रूपमा वर्णित भएको परम्परा पाइन्छ। त्यहाँ राजा महीजितको कथा आउँछ। यस एकादशीको महात्म्यमा श्रावण शुक्ल पक्षको एकादशीलाई पुत्रदा भनेर प्रसिद्ध भएको र विधिपूर्वक व्रत गर्दा पुण्य प्राप्त हुने कुरा वर्णित छ। 
 ४। पुत्रदा एकादशीको पौराणिक कथा
द्वापर युगको प्रारम्भतिर महिष्मती नगरीमा महीजित नामका धर्मात्मा राजा राज्य गर्दथे। राजा अत्यन्त न्यायप्रिय थिए। प्रजालाई आफ्नै सन्तानसरह व्यवहार गर्थे। राज्यमा सुख, शान्ति र समृद्धि थियो। तर एउटा ठूलो दुःख थियो—राजाको सन्तान थिएन। धन, राज्य, ऐश्वर्य र सम्मान सबै हुँदाहुँदै पनि सन्तान नहुँदा राजा अत्यन्त दुःखी थिए। उनले अनेक उपाय गरे, तर सन्तान प्राप्त भएन। अन्ततः राजाका मन्त्री तथा सभासद्हरूले ऋषिमुनिहरूसँग उपाय खोज्ने निर्णय गरे। उनीहरू वनमा गएर महर्षि लोमशको दर्शन गरे। मन्त्रीहरूले राजाको दुःख सुनाएपछि लोमश ऋषिले ध्यान गरेर राजाको पूर्वजन्मको कर्म हेरे।
ऋषिले बताएअनुसार पूर्वजन्ममा राजा एक व्यापारी थिए। एकपटक अत्यन्त गर्मी र तिर्खाको अवस्थामा उनी एउटा जलाशयमा पुगे। त्यहाँ एउटा गाई र त्यसको बाछो पानी पिइरहेका थिए। व्यापारीले पहिले पानी पिइरहेको गाईलाई हटाएर आफूले पानी पिए। त्यो कर्मको परिणामस्वरूप वर्तमान जन्ममा उनले सन्तानहीनताको दुःख भोगिरहेको ऋषिले बताए। तर पूर्वजन्ममा उनले अनायासै एकादशीको दिन उपवास गरेको पुण्यका कारण यस जन्ममा राजा हुने सौभाग्य पाएको पनि ऋषिले बताए।
त्यसपछि लोमश ऋषिले उपाय बताए—
श्रावण शुक्ल पुत्रदा एकादशीको व्रत गरेर त्यसको पुण्य राजालाई समर्पण गर्नू।
मन्त्रीहरू तथा प्रजाजनले ऋषिको आज्ञाअनुसार पुत्रदा एकादशीको व्रत गरे र द्वादशीका दिन त्यस व्रतको पुण्य राजालाई समर्पण गरे।
त्यस पुण्य प्रभावले रानी गर्भवती भइन् र समय पुगेपछि तेजस्वी पुत्रको जन्म भयो। यसै कारण श्रावण शुक्ल एकादशी पुत्रदा एकादशी नामले प्रसिद्ध भएको कथा पाइन्छ। 
कथाको मुख्य शिक्षा
यो कथाले एउटा अत्यन्त गहिरो कुरा सिकाउँछ—
सानो देखिने कर्मको पनि संस्कार र परिणाम हुन्छ।
त्यसैले—
ड्ड    कसैलाई अनावश्यक दुःख नदिनु, 
ड्ड    पशुपक्षीलाई दुःख नदिनु, 
ड्ड    तिर्खाएकोलाई पानी दिनु, 
ड्ड    अन्न, जल र वस्त्रको दान गर्नु, 
ड्ड    भगवान्को स्मरण गर्नु, 
ड्ड    र आफ्नो कर्मप्रति सदैव सचेत रहनु। 
यी कुराहरू पुत्रदा एकादशीको कथाको महत्वपूर्ण सन्देश हुन्।
 ५। पुत्रदा एकादशीको व्रत कसरी बस्ने ?
दशमीका दिनदेखि तयारी
एकादशीको अघिल्लो दिन अर्थात् दशमीदेखि नै संयम सुरु गर्नु राम्रो मानिन्छ।
दशमीमा—
ड्ड    सात्त्विक भोजन गर्ने 
ड्ड    अत्यधिक भोजन नगर्ने 
ड्ड    मदिरा, मांसाहार आदि त्याग्ने 
ड्ड    झूट, क्रोध, हिंसा र विवादबाट टाढा रहने 
ड्ड    ब्रह्मचर्य पालन गर्ने 
ड्ड    भगवान् विष्णुको स्मरण गर्ने 
विशेषगरी एकादशी व्रतको संकल्प शुद्ध मनले गर्नु महत्वपूर्ण हुन्छ।
६। एकादशीको दिन पूजा विधि
बिहान सूर्योदयअघि उठेर स्नान गरी स्वच्छ वस्त्र धारण गर्ने।
त्यसपछि पूजा स्थानमा भगवान् विष्णु वा नारायणको तस्वीररमूर्ति राखेर पूजा गर्न सकिन्छ।
पूजामा प्रयोग गर्न सकिने सामग्री
ड्ड    जल 
ड्ड    पञ्चामृत 
ड्ड    अक्षता 
ड्ड    चन्दन 
ड्ड    फूल 
ड्ड    तुलसीदल 
ड्ड    धूप 
ड्ड    दीप 
ड्ड    फल 
ड्ड    नैवेद्य 
ड्ड    पहेँलो वस्त्र वा फूल 
भगवान् विष्णुलाई तुलसी अत्यन्त प्रिय मानिने भएकाले तुलसीदल अर्पण गर्न सकिन्छ।
🙏 ७। संकल्प
सरल रूपमा यस्तो संकल्प गर्न सकिन्छ—
“ॐविष्णवेनमः।मम सकल पाप क्षयपूर्वकं श्रीभगवत्प्रीत्यर्थं, सन्तानसुख(प्राप्त्यर्थं, सन्तानस्य आरोग्य(दीर्घायुष्य(कल्याणार्थं श्रावणशुक्ल(पुत्रदैकादशी(व्रतमहं करिष्ये।”
सन्तान नभएका दम्पतीले सन्तान प्राप्तिको कामना गर्न सक्छन् भने सन्तान भएका अभिभावकले सन्तानको स्वास्थ्य, दीर्घायु, सद्बुद्धि र उज्ज्वल भविष्यको कामना गर्न सक्नुहुन्छ।
🕉️ ८। कुन मन्त्र जप गर्ने ?
सबैभन्दा सरल र प्रभावकारी रूपमा—
विष्णु मन्त्र
ॐ नमो भगवते वासुदेवाय।
१०८ पटक, १०८ को धेरै माला वा आफ्नो सामर्थ्यअनुसार जप गर्न सकिन्छ।
अर्को सरल मन्त्र
ॐ नमो नारायणाय।
सन्तान कल्याणका लागि
ॐ देवकीसुत गोविन्द वासुदेव जगत्पते।देहि मे तनयं कृष्ण त्वामहं शरणं गतः॥ यो मन्त्र सन्तानको कामनामा परम्परागत रूपमा जप गरिन्छ।
साथै विष्णु सहस्रनाम पाठ वा श्रवण गर्नु अत्यन्त उत्तम मानिन्छ।
 ९। व्रतमा के खाने ?
व्रतको क्षमता सबैको एउटै हुँदैन।
सक्ने व्यक्तिले – निर्जल व्रत गर्न सक्छन्।
तर स्वास्थ्य, उमेर वा अन्य कारणले निर्जल व्रत सम्भव नभए—
ड्ड    पानी 
ड्ड    दूध 
ड्ड    फलफूल 
ड्ड    फलाहार 
ड्ड    कन्दमूल 
ड्ड    सात्त्विक व्रताहार लिन सकिन्छ।
एकादशी व्रतमा मुख्य रूपमा अन्न तथा धान्यजन्य पदार्थ त्याग गर्ने परम्परा छ। विशेषतः अन्न तथा दालरगेडागुडीबाट परहेज गर्ने विधान वैष्णव परम्परामा स्पष्ट रूपमा जोडिएको पाइन्छ। 
🚫 १०। एकादशीमा के(के त्याग्ने ?
सामान्यतः—
❌चामलतथाअन्न
❌दालरगेडागुडी
❌मांसाहार
❌मदिरा
❌धूम्रपान
❌तामसिकभोजन
❌अत्यधिकनिद्रा
❌झूट
❌क्रोध
❌हिंसा
❌निन्दा
❌ परनिन्दारकलह
बाट टाढा रहनु राम्रो।
एकादशी केवल भोकै बस्ने दिन होइन, बरु इन्द्रिय संयम, भगवान् स्मरण र आत्मशुद्धिको दिन हो।
🌙 ११। रातमा जागरण
सम्भव भए राति भगवान् विष्णुको नामस्मरण, भजन, कीर्तन, विष्णु सहस्रनाम, गीता वा एकादशी महात्म्य श्रवण गर्न सकिन्छ।
कथामा पनि एकादशी व्रतसँग रात्रिजागरणको विशेष उल्लेख आएको छ। 
तर स्वास्थ्यले साथ नदिएर जबर्जस्ती रातभर जाग्राम बस्न आवश्यक छैन। श्रद्धापूर्वक भगवान्को स्मरण नै मुख्य कुरा हो।
 १२। द्वादशीमा पारण
व्रतको अर्को अत्यन्त महत्वपूर्ण पक्ष हो द्वादशी पारण।
एकादशीको व्रत गरेपछि द्वादशीमा पारण गर्नुपर्छ। पारणको समय स्थानीय सूर्योदय र तिथि गणनाअनुसार निर्धारण हुन्छ।
नेपालका लागि २०८३ भाद्र ८ गते अर्थात् २४ अगस्ट २०२६ वैष्णव परम्परामा श्रावण पुत्रदा एकादशीको द्वादशीसँग सम्बन्धित दिन देखिन्छ। 
त्यसैले पारणको ठ्याक्कै घडी काठमाडौंरआफ्नो स्थानको पञ्चाङ्ग हेरेर मात्र निर्धारण गर्नु उचित हुन्छ, किनकि पारणको समय स्थानअनुसार फरक हुन सक्छ।
 १३। सन्तान प्राप्तिको कामना गर्ने दम्पतीले विशेष रूपमा के गर्ने ?
यदि पति(पत्नी दुवैको श्रद्धा छ भने—
एकादशीको बिहान दुवैले स्नान गरी सँगै भगवान् विष्णुको पूजा गर्ने।
त्यसपछि—
भगवान् विष्णुलाई तुलसी अर्पण गर्ने। 
ॐ नमो भगवते वासुदेवाय जप गर्ने। 
विष्णु सहस्रनाम पाठरश्रवण गर्ने। 
पुत्रदा एकादशीको कथा श्रवण गर्ने। 
सम्भव भए रात्रि जागरण गर्ने। 
द्वादशीमा ब्राह्मणरसाधुरआवश्यक व्यक्तिलाई भोजन वा दान गर्ने। 
व्रतको पुण्य भगवान् तथा सन्तान प्राप्तिको कामनामा समर्पण गर्ने। 
 पुत्रदा एकादशीको वास्तविक उद्देश्य केवल “छोरा प्राप्त गर्नु” भनेर बुझ्नु अपूर्ण हुन्छ।
यसको गहिरो आध्यात्मिक सन्देश हो— कर्मशुद्धि ं भगवान्को भक्ति ं संयम ं दान ं जीवप्रति करुणा ं सन्तानको मंगलकामना।
राजा महीजितको कथाले पनि देखाउँछ कि पूर्वकर्मको प्रभाव भए पनि श्रद्धा, सत्कर्म, व्रत, दान र भगवान्को आराधनाबाट जीवनमा सकारात्मक परिवर्तन ल्याउने आध्यात्मिक मार्ग प्रस्तुत गरिएको छ। जयश्रीकृष्ण, प्रणाम । राधे राधे ।।

2026-07-28

सामुहिक शान्ति पूजा कार्यक्रम २०८३

सामुहिक शान्ति कार्यक्रम २०८३

जयश्रीकृष्ण, प्रणाम ।। यदि हजुरको जन्मकुण्डलीमा शर्पदोष, नागदोष, पितृदोष, प्रेतदोष, ग्रहणदोष, विषदोष, अङ्गारकदोष, शनिमङ्गलदोष, माङ्गलिकदोष, बैधब्यदोष तथा राहु केतु जनित हरेक दोषहरू बनेका छन् र हरेक कुरामा तनाब भोगिरहनु भएको छ भने एक पटक जन्मकुण्डली परामर्श लिएर उचित शान्ति गर्नु भएमा दोषबाट छुटकारा पाउन सकिन्छ । 
यहि आगामि नागपञ्चमीका दिनमा हरेक बर्षहरूमा झैं यस वर्षमा पनि बिभिन्न दोषहरूको निवारणका लागि सामिहिक शान्ति पूजाको आयोजना गरिएकोले सिट सिमित भएको हुंदा यथासक्य छिटो सम्पर्क गरि नाम दर्ता गराइ आफ्नो स्थान सुरक्षित गराउनुहोला । 
जन्मकुण्डलीमा शर्पदोष, पितृदोष तथा अन्य दोषहरू छ कि छैन भनेर जान्नको लागि तथा सम्पूर्ण कुण्डली परामर्शको लागि ज्योतिष सेवा सदनमा सम्पर्क गर्न सक्नुहुनेछ । देश विदेशबाट पनि अनलाइन मार्फत् सम्पूर्ण ज्योतिषिय परामर्श सेवा लिन सक्नुहुनेछ । 
आगामि सामुहिक शान्ति पूजा कार्यक्रम हुने मिति, समय र स्थान सम्बन्धि जानकारी यस प्रकार रहेको छ । 
आयोजक -         ज्योतिष सेवा सदन
पूजा हुने मिति -   २०८३ भाद्र १ गते  नागपञ्चमीको दिन .
सम्पर्क मिति  -    २०८३ श्रावण २७ गते सम्ममा नाम दर्ता गर्नुपर्ने ।
पूजा स्थान -        श्री१०८ कोटीहोम हवन कुण्ड स्थल श्रीपञ्चकन्या माता मन्दिर, 
                        रत्ननगर नगरपालिका वडा नं. १२, चितवन, बागमती प्रदेश, नेपाल।
सम्कर्क नं. -       (9865482777/ 9845026095)
Whatsapp no. +9779855062999/ +971506802475 

2026-07-28

गुरूपूर्णिमा बिशेष २०८३

गुरूपूर्णिमा बिशेष २०८३

जय श्रीकृष्ण, जयगुरुदेव ।। श्रीकृष्णं वन्दे जगत्गुरूम् ।
आज हामी कुरा गर्दैछौं एउटा यस्तो पवित्र दिनको बारेमा – जुन दिन ज्ञान, श्रद्धा र आत्मिक प्रकाशको प्रतीक हो। त्यो दिन हो – गुरूपूर्णिमा।
एक यस्तो पर्व, जहाँ हामी गुरूलाई सम्झन्छौं, सम्मान गर्छौं, र आफ्नो जीवनको मूल आधारमा पुनः एकपटक समर्पित हुन्छौं। ूगुरूपूर्णिमा, आषाढ शुक्ल पूर्णिमाको दिव्य तिथिमा मनाइने पवित्र पर्व हो। यस वर्ष २०८३ साल श्रावण १३ गते बुधबारका दिनमा  परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्विकृत पात्रो अनुसार यस दिन बेलुका ७ बजेर २९ मिनेटसम्म पूर्णिमा तिथि रहनेछ भने यसै दिनमा पूर्णिमाको व्रत हुने साथै गुरुपूजन र ब्यासजयन्ती समेत यसै दिनमा मनाइनेछ ।साथै यसै दिनबाट मानसव्रत आरम्भ समेत हुनेछ ।
यो दिन हामी हाम्रो जीवनका सच्चा मार्गदर्शक – गुरूको स्मरण र पूजन गरेर मनाउने गर्छौं। गु को अर्थ हो -अन्धकार एवं रुु को अर्थ हो - प्रकाश। गिरति अज्ञानं इति गुरूः अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो। हाम्रो जीवनको अज्ञान रूपी अन्धकार बाट ज्ञानरूपि उज्यालेा तर्फको यात्रा गुरू विना सम्भव छैन, र गुरूपूर्णिमाकेा दिन त्यो समर्पणको उज्यालो क्षण हो। ूयो दिनलाई व्यास पूर्णिमा पनि भनिन्छ, किनकि यसै दिन महर्षि वेदव्यासजीको जन्म भएको थियो। उहाँले चार वेद, अठार पुराण, महाभारत, र भगवद्गीता जस्ता अनमोल ग्रन्थको रचना गरेर सम्पूर्ण मानवजातिलाई दिव्य ज्ञान दिनुभएकेा थियेा। त्यही भएर वेदव्यासलाई आदि गुरू मानिन्छ। गुरु भनेको केवल पढाउने व्यक्ति होइन। गुरु भनेको जीवन देखाउने, बाटो देखाउने, भित्रको अन्धकार हटाई प्रकाशको अनुभूति गराउने त्यो महान् शक्ति हो। गुरूपूर्णिमा आध्यात्मिक साधकहरूको लागि विशेष दिन हो। वैदिक मन्त्र साधना, ध्यान, मन्त्रजप, गुरु दीक्षा वा व्रत आरम्भ गर्ने अत्यन्त शुभ दिन वा समय यसै दिनलाइ मानिन्छ । यस दिन प्रातस् स्नान गरी शुद्ध वस्त्रमा अफ्ना गुरु वा वेदव्यासजीको तस्वीर वा चरणको बिधिपूर्वक पूजा गरिन्छ, मन्त्र जपिन्छ, र आशीर्वाद लिने गरिन्छ।ू भैतिक जगतमा श शरिर गूरूके उपस्थिति छ भने यस दिनमा गूरूलाइ साक्षात् रूपमा भेटेर पूजन गरेर दक्षिणा भेटी सहित बस्त्रादि दान समेत गरिन्छ । ज्याेतिष सेवा सदनका वरिष्ठ गुरू ज्याे.पं. प्रेमानन्द शास्त्रीजीकाे अनुसार हाम्रा गुरूकेा शरिर यस लेाकमा छैन भने पनि गूरू भनेकेा ब्यक्ति वा शरिर मात्र नभइकन सच्चा शिष्यले गूरूलाइ भावबाट जहिले पनि बेालाउन र दर्शन गर्न सकिन्छ ।
आजकाे युगमा हाम्रा गुरु केवल शास्त्रका शिक्षक मात्रै होइनन् – हाम्रा बाबुआमा, हाम्रा जीवनका प्रेरक, वा कुनै पनि त्यस्ता व्यक्तिहरू समेत हुनुहुन्छ जसले हाम्रो चेतनालाई जगाउनु भएके छ । गुरूपूर्णिमा के यस दिनले हामीलाई सधैं सम्झाउँछ – कि, जीवनमा चाहे जतिसुकै उपलब्धि प्राप्त गरौं, मूलमा गुरूको कृपा र शिक्षाको प्रकाश सदैव जिवन्त रहिरहन्छ।

अजकाे यस पवित्र गुरूपूर्णिमाको दिनमा, आउनुहोस् – हामी सबैले हाम्रो जीवनका हरेक ज्ञात अज्ञात गुरूहरूलाई श्रद्धासहित नमन गरौं। त्यस दिव्य स्रोतमा फेरि एकपटक आफूलाई समर्पित गरौं, जहाँबाट हाम्रो जीवनले दिशा पाएको छ।
अन्तमा पुन अाजकाे यस महान दिन गुरूपूर्णिमाकेा अवसरमा यहांहरूलाइ हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछाैं ।
ज्येतिष सेवा सदनकाे याे सन्देश हेरिदिनु भएकेामा हार्दिक अाभार ब्यक्त गर्दै  याे सन्देशलाइ अाफन्त सम्म पनि शेयर तथा कमेन्ट गर्न नभुल्नुहेाला। हजुरलाइ अपार गुरूकृपा बनिरहेास् । धेरै धेरै अाशिर्वादकेा साथमा प्रेम प्रणाम । जय गुरूदेव । जयगुरूब्यासजी ।।

2026-04-11

मातातीर्थ अैांसी २०८३ / बिस्तृत जानकारी

मातातीर्थ अैांसी २०८३ / विस्तृत जानकारी 

हरेक वर्ष बैशाखकृष्ण आमावाश्याका दिनमा मनाइने मातातीर्थ औंसी यस बर्ष २०८३ सालको बैशाख ४ गते शुक्रबार तदनुसार १७ अप्रील सन् २०२६ का दिन परेको छ । यस वर्ष बैशाख ३ गते बेलुका ७ बजेर २२ मिनेटबाट औंशी तिथी शुरु हुनेछ भने ४ गतेको बेलुका ५ बजेर ४२ मिनेटसम्म कायम रहनेछ । औंसीको श्राद्ध ,हलो बार्ने, निशि बार्ने तथा मातातीर्थमा गएर स्नान र दान गर्ने यी सवै कार्यहरु यसै दिनमा गर्नुपर्नेछ ।  
दर्शकवृन्द हरेक बर्षको बैशाख कृष्णपक्षको औंसीका दिनमा पर्ने यो पर्व हाम्रो नेपाली समाजमा बिशेष सम्मान र महत्वका साथमा मनाइने गरिन्छ । नेपालमा यो पर्वलाइ मातातीर्थ औंसीको रुपमा चिनिनुलाइ पनि एउटा छुट्टै स्थान बिशेषको महत्व समेत झल्किएको पाइन्छ । हाम्रो देश नेपालको काठमाण्डौं जिल्लामा पर्ने मातातीर्थ भन्ने स्थानमा यस दिन बिशेष रुपले आमा–बुवा नहुने हरुले विशेष श्राद्घ गरेर आमाको बिशेष पितृ रिनबाट उरिन हुने वा मुक्त हुने तथा आमा बुवाको मृत आत्माको शान्ति र स्वधाम जानको लागि बाटोमा कुनै पनि बाधा ब्यावधान नहोस् भन्नका लागि तर्पण तथा श्राद्घ गर्ने गरिन्छ, त्यसकारणले पनि यस पर्वलाइ मातातीर्थ औंसीका नामले चिनिन्छ ।
मातातीर्थ वा अन्य प्रमुख तीर्थस्थलहरु जस्तै नेपालमा बागमती, कोका कौशिकी, त्रिशुली, सेती वेणी, चितवन तथा तनहुंको देवघाट, त्रिवेणीधाम परासी, गण्डकी, भेरी, नुवाकोट, मुक्तिनाथ कागवेनी, दामोदर कुण्ड, नजिकैको पोखरी, तलाउ आदि स्थानहरुमा गएर स्नान दान , तर्पण श्राद्घ, पीण्डदान, ब्राम्हण भोजन, कन्याभोजन आदि गरिन्छ भने घरमै बसेर दिपदान, तर्पण, पाठ–पारायण, भागवत, एकाह, पितृसुक्त, गीतापाठ तथा आरती समेत गरि आमाको आत्माको चीर शान्तिको कामना गर्ने गरिन्छ ।
यस दिनमा आमा हुनेहरुले आफ्ना आमालाइ दर्शन गर्ने, आमालाइ मनपर्ने मीठा–मीठा परीकारहरु खुवाउने , कपडा तथा आवश्यकीय सामानलाइ उपहारको रुपमा दिने गरि हर्षोल्लासका साथ मनाइन्छ भने आमा नहुनेहरुले पवित्र तिर्थ, नदि, खोला, तलाउ, इनार पनेरो वा आफ्नै घरमा भएपनि विहानै स्नान गर्ने जनै लगाउने भए जनैलाइ अवसव्य गरेर दक्षिण दिशातीर फर्केर देव्रे घुंडा टेकेर सम्भव भए तर्पण गर्ने, तिलाञ्जली दिने, श्राद्ध गर्ने, जलाञ्जली दिने अथवा आफ्नो चलन चल्ती अनुसार गर्नुर्पदछ । यस दिनमा साधकहरुले मृतआत्माको शान्तिको लागि हवन, जप, ध्यान आदि गर्ने तथा त्यस्तै यस दिनमा गीता पाठ, भागवत पाठ, पितृसुक्त पाठ, एकाह पाठ पारायण तथा पितृहवन, आरती समेत गर्ने चलन रहेको पाइन्छ । यस दिनमा दिवङ्गत आत्माको शान्तिको लागि यो मन्त्र पढेर तीन अञ्जुली जल दक्षिण दिशातीर तर्पणको रुपमा दिनुभयो भने पनि हजुर हाम्रा पितृहरु तृप्त हुनेछन् । मन्त्र यसप्रकार रहेको छ - ओम देवताभ्य पितृभ्यस्च महायोगि भ्यएवच नम स्वहायै स्वधायै नित्यमेव नमोनम ।।  ओम सर्वपितृभ्यो नमः ।।
हाम्रा शास्त्रहरुले पनि मातृशक्ति तथा आमाको महत्वका बारेमा धेरै विचारहरु ब्यक्त गरेका छन् – जस्तै : नास्तिगङ्गा समंतिर्थ नास्ति मातृसमो गुरु । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि । 
अर्थात् गङ्गा समान कुनै तीर्थ हुंदैन र आमा समान कुनै गुरु पनि हुंदैनन्, आफ्नो आमा र आफू जन्मेको भूमि स्वर्ग भन्दा पनि प्यारो हुन्छ । 
अब्राहम लिंकनले पनि भनेका छन् कि जो मान्छेको साथमा आमा हुन्छिन् त्यो मान्छे कहिले पनि गरिब हुंदैन ।

प्राचीन समयमा मातातीर्थ क्षेत्र नजिक एउटा गाउँमा एक युवक आफ्नी आमासँग बस्थ्यो। उसकी आमा उसलाई अत्यन्तै माया गर्थिन्—सधैं उसको लागि राम्रो खाना बनाउने, उसको हेरचाह गर्ने, र दुःख(सुखमा साथ दिने। तर दुर्भाग्यवश, त्यो युवक अलि लापरवाह र स्वार्थी स्वभावको थियो। उसले आमाको माया र त्यागको कहिल्यै कदर गरेन। समय बित्दै जाँदा उसकी आमा बिरामी भइन्। युवकले खासै ध्यान दिएन। अन्ततः आमाको मृत्यु भयो। आमा गुमाएपछि मात्र उसलाई आमाको माया र महत्त्वको गहिरो अनुभूति भयो। ऊ दिनरात रोइरहन्थ्यो, पछुतो मान्थ्यो — “ धिक्कार छ मलाइ, मैले आमालाई जीवित हुँदा माया गरेको भए”
एक दिन ऊ दुःखी मन लिएर मातातीर्थ कुण्ड पुग्यो। त्यहाँको पवित्र कुण्ड पोखरी नजिक बसेर ऊ आमालाई सम्झिँदै रोइरहेको थियो। अचानक उसले कुण्डको पानीमा हेर्दा— आफ्नी आमाको अनुहारकाे छायां देख्यो। आमाकाे जस्तै स्वर पनि उसलाई सुनियो — “बाबु, म सधैं तिम्रो साथमै छु। दुःखी नहुनु।” यो देखेर युवक अचम्मित भयो, तर उसको मनमा शान्ति आयो। उसले महसुस गर्‍यो कि आमाको माया कहिल्यै समाप्त हुँदैन, शरीर मात्र नष्ट हुन्छ। अनि यो घटना गाउँभर फैलियो। त्यसपछि मानिसहरूले विश्वास गर्न थाले— यस स्थानमा आमाको सम्झनामा पूजा गर्दा तर्पण र स्नान गर्दा दिवंगत आमाको आत्माले शान्ति पाउँछिन्। यसरी प्रत्येक वर्ष वैशाख औँसीका दिन यहाँ ठूलो मेला लाग्न थाल्यो, र यो दिन “मातातीर्थ औँसी” को रूपमा स्थापित भयो।
कथाको मुख्य सन्देश - यो कथा केवल एउटा चमत्कारको कथा मात्र होइन, गहिरो जीवन शिक्षा होस् कि आमाको माया निस्वार्थ हुन्छ । आमाको महत्व जीवित हुँदा बुझ्नुपर्छ । पछुतो पछि केही गर्न सकिँदैन । आमाको आत्मा सधैं सन्तानसँग जोडिएको हुन्छ । यस कथालाइ आध्यात्मिक अर्थ अनुसार बुझ्दा यो कथाले भन्छ— “माता केवल शरीर होइनन्, उनी ऊर्जा हुन्, आशिर्वाद हुन्।” मातातीर्थ औँसीमा गरिने तर्पण, स्नान र पूजा , कर्मशुद्धि, पितृशान्ति र मानसिक शान्ति को माध्यम मानिन्छ।

यस दिन हजुरहरु पनि आमाको गुणानूवाद गाउंदै, आमालाइ सम्मान दिंदै, संसारका आमाहरुप्रति सहानुभूति प्रकट गर्दै आआफ्नो स्थानबाट मातातीर्थ पर्वलाई विशेष धुमधामका साथ मनाउनुहोला । यहांहरु सवैलाई आमा खुवाउने औंसीको अवसरमा हार्दिक मङ्गलमय शुभकामना । जयश्रीकृष्ण, प्रणाम । जय मातृशक्ति ।।

2025-10-17

धनतेरस 2082/2025 काे बारेमा जानकारी

धनतेरस २०८२/ 2025 काे बारेमा जानकारी 

धनतेरस २०८२/ धनत्रयाेदशी  काे बारेमा बिस्तृत जानकारीकाे लागि ज्याेतिष सेवा सदनकाे युट्युब च्यानलमा गएर हेर्नुहाेला । धन्यवाद। प्रणाम।।

2025-09-11

ज्याेतिषिय भविष्यवाणी २०८२ भाद्र २६ गते

ज्याेतिषिय भविष्यवाणी २०८२ भाद्र २६ गते
जयश्रीकृष्ण, प्रणाम । कृपया जेनजी समूह तथा अन्य सचेत जनताले बुझ्नुपर्ने कुरा - अाज मिति २०८२ साल भाद्र २६ गते दिउसाे ३ बजेर ५९ मिनेट भित्रमा कुनै नयां सरकारकाे संझाैता भएकाे भए त्याे सफल हुन सक्ने थियाे अव याे समय कटेपछि भाेली २०८२ साल भाद्र २७ गते दिउसाे करिब ४ बजेर २५ मिनेट भित्रमा नयां दलिय सक्तिहरू हावी र वलवान भइ नयां बाेतलमा पुरानाे रक्सी नै राखेर बजार खाेल्ने देखिन्छ अर्थात् याे विचमा दलिय शक्तिहरू जेनजीकै रूपमा उदय हुने र अन्तराष्ट्रिय गुप्तचर संस्थाहरू समेत सक्रिय भएर हाम्राे देशमा नकारात्मक भूमिका खेल्ने कुरा ज्याेतिषिय गणना अनुसार प्रष्ट देखिएकाे छ । याे समयमा कुनै पनि सरकार बन्याे भने एक महिना पनि टिक्न सक्दैन ।अहिलेकाे बिषम परिस्थितिमा देवगुरू बृहस्पति उच्च भएकाे कारणले मात्र थाेरै समयमा याे अान्दाेलन राेकिएकाे हाे अन्यथा लामाे समयसम्म र अझै धेरै धन जनकाे क्षति हुनेवाला थियाे । तर अब बन्न खाेजेकाे जुन सरकार छ त्यसले पनि यदि जेनजीले अांटेकाे जस्ताे गरि नै अघि बढ्ने हाे भने त्याे पनि अभिषाप सावित हुन सक्ने देखिन्छ ।
जेनजीकाे नामबाट बिश्लेषण गर्दा पनि मकर राशि हुन्छ जसकाे स्वामि शनिदेव हुन्छन् । शनि र मङ्गलकाे युति समेत भएकाे याे अवस्थामा अस्ति लागेेकाे खग्रास चन्द्रग्रहणकाे प्रभाव समेत जेनजीकाे राशिबाट दाेश्राे घरमा परेकाे थियाे त्यसकारण जेनजीकाे ठूलाे क्षति हुने तथा बाेलिकाे प्रभाव शून्य हुने देखिएकाे छ । याे विचमा जेनजीले यदि राजालाइ साथ लिन सकेमा गुरू बृहस्पति उच्चमा कर्कट राशिमा रहेका कारण सफल हुने सम्भावना देखिन्छ तर मैले राजालाइ सपाेर्ट गरेकाे हैन बरू याे जानकारीले जेनजीलाइ सजिलेा पर्ला कि भनेर ज्याेतिषिय बिश्लेषण अनुसार याे देखेकाे कुरा सार्वजनिक गरेकाे छु ।
मैले माथि भनेकाे समयमा अत्यन्तै खतरनाक ज्वालामुखी याेग समेत बनेकाेले याे समय जेनजी पुस्ताकाे लागि अभिषाप तथा अस्ति भएकाे त्यति ठूलाे अान्दाेलनकाे प्रतिफल समेत शून्य हुने साथै अझै बढी धनजनकाे क्षति हुन सक्ने समेत देखिएकाे छ । कृपया साेच समजका साथ अघि बढ्नुहुन समेत सुझावकाे रूपमा याे भविष्यवाणीलाइ प्रकाशन गरेकाे छु ।
(याे मेराे नितान्त ब्यक्तिगत ज्याेतिषिय धारणा हाे र ज्याेतिषिय अाधारमा ग्रह गाेचरलाइ अाधार मानेर राखेकाे छु यसलाइ अन्य राजनैतिक रूपमा नलिनुहुन समेत अनुराेध गर्दछु )।
ज्याे.पं. प्रेमानन्द शास्त्री
ज्याेतिष सेवा सदन